दार्चुला । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बैतडीको सुर्नया गाउँपालिकामा प्रतापसिंह महराको नेतृत्वमा सर्वसम्मत पालिकास्तरीय समिति चयन भएको छ । प्रतापसिंह महरालाई सभापति पदमा सर्वसम्मत चयन गरेका नेता कार्यकर्ताहरुले पुरै कार्यसमिति सहमतिमै चयन गरेको मतदान अधिकृत उत्तमबहादुर कुँवरले बताउनुभयो । यस्तै उपसभापतिमा करबीरसिंह ऐरी र राजेन्द्र लुहार, सचिवमा उत्तमबहादुर चन्द र सुन्दरसिंह बिष्ट, सहसचिवमा पदमराज भट्ट र दिनेशबहादुर बोहरा सर्वसम्मत चयन भएका मतदान अधिकृत कुँवरले बताउनुभयो ।
४७ सदस्यीय नेपाली कांग्रेसको सुर्नया गाउँपालिका कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको हो । जिल्लाका केही स्थानीय तहमा चुनाव मार्फत नयाँ समिति चयन भईरहेको छ भने केही तहमा सहमतिको प्रयास भईरहेको छ । जिल्लामा शिवराज भट्ट र चतुरबहादुर चन्दको नेतृत्वमा अलग–अलग प्यानलले चुनावी प्रचारप्रसार गरिरहेका छन् । भट्ट नेतृत्वको प्यानलले संस्थापन पक्ष भएको दाबी गरिरहेका बेला चन्द नेतृत्वको प्यानलले संयुक्त प्यानल भएको दाबी गरिरहेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया