दार्चुला । सुदूरपश्चिम प्रदेश खेलकुद परिषदद्धारा यहि असोज २० गतेदेखि २३ गतेसम्म आयोजना हुने खुल्ला पुरुष भलिबल प्रतियोगिताको लागि दार्चुलाबाट खेलाडीहरु छनोट गरिएको छ । आइतबार जिल्ला सदरमुकाम खलंगामा क्षेत्रीय टिमका लागि खेलाडीहरु छनोट गरिएको जिल्ला खेलकुद विकास समिति दार्चुलाका अध्यक्ष उमेशराज जोशीले जानकारी दिनुभयो ।
छनोट भएका खेलाडीहरुमा नवराज सिह धामी शैल्यशिखर, अंगतसिह ठगुन्ना मार्मा, सुरज लुहार महाकाली, दिलेन्द्रप्रसाद भट्ट व्यास, बलदेब सिह धामी मालिकार्जुन, उमेश धामी व्यास, नविन पाल शैल्यशिखर, पुष्कर ठगुन्ना नौगाड, देबेन्द्र ठगुन्ना नौगाड, जनक साउद शैल्यशिखर बैकल्पीक, उमेश कार्की महाकाली बैकल्पीक, हरिश कुवँर दुहुँ बैकल्पीक रहेका छन् । आइतबार भलिबल टिम छनोट गर्ने अन्तिम दिन रहेको थियो ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया