दार्चुला । बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर २ कठपाते नजिकै स्कारपियो दुर्घटनामा परेको छ । गोठलापानीबाट मेलौली तर्फ गईरहेको म १ च ६२३ नम्बरको स्कारपियो आइतबार साँझ ५ बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले बताउनुभयो ।
स्कारपियो चालक शिवनाथ २ का २२ बर्षीय मीनराज ओझाले मदिरा सेवन गरेर स्कारपियो चलाएकाले दुर्घटना भएको प्रहरीले जनाएको छ । स्कारपियो नालीमा खसेकाले मानवीय क्षति हुन नपाएको प्रहरी निरीक्षक ओझाले जानकारी दिनुभयो । चालकलाई अहिले प्रहरी नियन्त्रणमा राखिएको छ ।
दुर्घटना भएपछि स्थानीयहरुले प्रहरीलाई खबर गरेका थिए । चालकले मदिरा सेवन गरेको पाइएकाले चालकलाई नियन्त्रणमा राखिएको बताइएको छ । स्कारपियोमा ८ जना सवार रहेका बताइएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया