सेती अस्पताललाई तीन सय शय्याको बनाउने तयारी

दार्चुला । सेती प्रादेशिक अस्पताललाई तीन सय शय्याको बनाउने तयारी थालिएको छ। प्रदेश सरकारले अस्पतालको स्तरोन्नति गर्ने तयारी थालेको हो। सोही तयारीअन्तर्गत बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले सेती प्रादेशिक अस्पतालको डीपीआर निर्माणका लागि एक करोड रुपैयाँ स्वीकृत गरेको छ।

सेती प्रादेशिकलाई तीन सय शैया बनाउन बिस्तृत परियोजना अध्ययन (डीपीआर) प्रतिबेदन तयार गरी त्यसको अनुमानित लागत, डिजाइन र टेण्डरका लागि समेत गरी एक करोड रुपैया स्वीकृत गरिएको प्रदेश सरकारकी प्रवक्ता, आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले बताउनुभयो। सेती प्रादेशिक अस्पताललाई तीन सय शैयाको बनाउन प्रकृया थालिएको उहाँको दाबी छ।

सेती अस्पताल ३८ वर्षदेखि स्तरोन्नतीको पर्खाइमा छ। अस्पतालको स्तरोन्नति नभएकै कारण सेवालाई प्रभावकारी बनाउन नसकिएको अस्पताल प्रशासनले बताउँदै आएको छ। विक्रम सम्बत १९९७ सालमा जिल्ला अस्पतालका रुपमा स्थापना भएको सेती अस्पताल विक्रम सम्बत २०४० सालमा स्तरोन्नति भएको थियो। अहिले पनि २०४० सालकै दरबन्दीमा अस्पताल संचालन भएको छ।

सेती अस्पतालमा ५० शैया नेपाल सरकारले स्वीकृत दिएको छ भने थप ७५ शैया अस्पताल आँफैले सञ्चालन गरेको छ। चलाउने अनुमति १ सय २५ शैयामा भए पनि विरामीको चाप निकै बढि हुँदा झण्डै २ सय ५० शैयामा अस्पताल संचालनमा छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?