दार्चुला । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशसभा अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ । १४ गते बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशसभाको अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो। असोज १५ गते शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरिएको हो ।
सत्ता गठबन्धनसँग प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको नेपाली कांग्रेस असन्तुष्ट बनेर प्रदेशसभा बैठक बहिष्कार गरेका बेला प्रदेश सरकारले हतारमा अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ। सरकारकी प्रवक्ता पूर्णा जोशीले प्रदेशसभाको वर्षे अधिवेशन अन्त्य गर्ने समय भइसकेको र सरकारसँग बिजनेस नभएका कारण उक्त निर्णय लिनुपरेको दाबी गर्नुभएको छ ।
मन्त्रिपरिषद् बैठकले सेती प्रादेशिक अस्पतालको डीपीआर निर्माणका लागि एक करोड बजेट पनि स्वीकृत गरेको छ । यसैगरी प्रदेश लोकसेवा आयोगको आर्थिक वर्ष २०७७र७८ को वार्षिक प्रतिवेदन प्रदेशसभामा पेश गर्ने निर्णय गरेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया