दार्चुला । काँकडभिट्टादेखि कञ्चनपुर आउँदै गरेको बस बस दाङमा दुर्घटनामा परेको छ। मे १ ख ३२८८ नम्बरको बस आइतबार लमही नगरपालिका–५ रातो डाँडामा दुर्घटना भएको हो। दुर्घटनामा ७ जना यात्रु घाइते भएका छन्।
घाइते मध्ये दुई जनाको टाउकामा चोट लागेको छ भने अन्य ५ जना सामान्य घाइते भएका छन्। आइतबार दिउँसो २ बजे अगाडिको टायर पड्किँदा बस अनियन्त्रित भई पल्टिएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ। घाइतेको लमही अस्पतालमा उपचार भइरहेको छ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया