दार्चुला । एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटमा चितवन टाइगर्सले ललितपुर प्याट्रियट्सलाई पाँच विकेटले हराएको छ । ललितपुरले दिएको एक सय नौ रनको सामान्य लक्ष्य चितवनले १६ बल अगाडि मात्रै पाँच विकेट गुमाएर भेटायो । चितवनको जितमा अफगानी खेलाडी मोहम्मद शहजादले सर्वाधिक ३५ रन बनाए । बलिङतर्फ ललितपुरका अजमुतुल्लाह ओमरजाई र रिजन ढकालले दुई दुई विकेट लिए ।
यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले जयकिशन कोल्सावालाको ४२ रनको मद्दतमा एक सय आठ रन बनाएको थियो । बलिङतर्फ चितवनका कलम ऐरीले तीन तथा करिम जनत र सागर ढकालले दुई दुई विकेट लिए । आजको जितसँगै चितवन आठ अङ्कसहित शीर्ष स्थानमा छ । ललितपुर भने तीन अङ्कसहित चौथो स्थानमा छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया