दार्चुला । दार्चुलाको नौगाड गाउँपालिकाले सामुदायिक र नीजि सबै विद्यालयहरुमा दशैंको बिदा छ दिन मात्रै दिने भएको छ । कोरोना कहरका कारण लामो समय बन्द रहेका विद्यालय भर्खरै मात्रै खुलेकाले असोज २६ गतेदेखि ३१ गतेसम्म ६ दिन मात्रै विद्यालय बन्द हुने नौगाड गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
कोरोनाका कारण विद्यालय बन्द हुँदा बालबालिकाहरुको शिक्षण सिकाइमा नकारात्मक प्रभाव परेकाले दशैंको समयमा बढी दिन विद्यालय बन्द नगर्ने निर्णयमा गाउँपालिका पुगेको निमित्त प्रमुख प्रशासकिय अधिकृत कृष्णबहादुर बोहराले जानकारी दिनुभयो । यो बर्ष जिल्लाका सबै जसो स्थानीय तहले विद्यालयको दशैं बिदा घटाएका छन् ।
यस्तै लेकम गाउँपालिकाले शिक्षा नियमावली २०५९ को नियम ८५ को उपनियम २ अनुसार यो वर्षको दशैं बिदा असोज २१ गते घटस्थापनादेखि कार्तिक ३ गते पूर्णीमासम्म १४ दिन विद्यालयहरुलाई बिदा दिने निर्णय गरेको छ । गत बर्षहरुमा एक महिनासम्म दशैं बिदा दिने गरिएकोमा लामो समयसम्म विद्यालय बन्द हुदा पठनपाठनमा असर पर्ने र पाठ्यक्रमको उद्धेश्य प्राप्त कठिन हुने देखिएकोले १४ दिनमात्रै विदा दिने निर्णय गरिएको लेकम गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिरबहादुर ऐरले जानकारी दिनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया