विमान दुर्घटना हुँदा ८ जनाको ज्यान गयो

दार्चुला । इटलीमा विमान दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ । इटलीको उत्तरी सहर मिलानमा रहेको खाली कार्यालय भवनमा ठोक्किएर विमान दुर्घटना हुँदा विमानमा रहेका आठै जनाको ज्यान गएको बीबीसीले जनाएको छ ।

मिलानको लिनाते विमानस्थलबाट सार्दिनिया आइल्यान्डका लागि उडान भरेको विमान दुर्घटनामा परेको हो । दुर्घटनामा पाइलटसहित उनकी श्रीमती र छोराको पनि ज्यान गएको त्यहाँका सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

विमान ठोक्किएपछि भवन तथा तल रहेका कारमा आगलागी भएको थियो । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?