महेन्द्र नमुना माबि खलंगामा एकैदिन तीन वटा विद्यालय भवन उद्घाटन (फोटोफिचर)

दार्चुला । दार्चुला सदरमुकाम खलंगास्थित महेन्द्र नमुना माबि खलंगामा तीन वटा विद्यालय भवन र एउटा अनाथहरुका लागि छात्राबासको उद्घाटन गरिएको छ । सुदूरपश्चिम प्रदेशसभाका उपसभामुख निर्मला बडाल जोशी र महाकाली नगरपालिकाका नगरप्रमुख हंशराज भट्टले संयुक्त रुपमा विद्यालय भवनहरु र छात्राबास उद्घाटन गर्नुभएको हो । 

उक्त भवन निर्माणका लागि सहयोग गर्नुहुने सबैलाई विद्यालयका प्रधानाद्यापक रामदत्त जोशीले धन्यबाद ज्ञापन गर्नुभएको छ । करिब ५ वर्ष अघि २०७३ सालमा प्रावि खलंगा महेन्द्र मावि संग एकीकरण हुँदा र २०७४ सालमा अग्रेजी माध्यममा पढाइ सुरु गर्दा चुहिने छतको मुनि सिलाप आउने भुइँमा विद्यार्थी राख्दा जुन पीडा थियो त्यो आज मेटिएको छ, प्रधानाद्यापक जोशीले भन्नुभयो, तीन वटा विद्यालय भवन एकैपटक उद्घाटन हुँदा निकै खुसी लागेको छ । भवन निर्माणका लागि सहयोग गरेको भन्दै उपसभामुख निर्मला जोशी, प्रदेशसभा सदस्य गेल्बु बोहरा र लिलाधर भट्टलाई प्रधानाद्यापक जोशीले विशेष धन्यबाद ज्ञापन गर्नुभएको छ । सहयोगी निकाय र कार्यालय, कार्यालय प्रमुख, जनप्रतिनिधिहरु, विद्यालय व्यवस्थापन समिति र निर्माण व्यवसायी लगायत प्रतक्ष र अप्रतक्षरुपमा भवन निर्माणमा योगदान पुर्याउने सबैलाई विद्यालय परिवारले धन्यबाद ज्ञापन गरेको छ ।

दार्चुला सदरमुकाम खलंगास्थित महेन्द्र नमुना माबिमा झण्डै दुई हजार विद्यार्थी अद्ययनरत रहेका छन् । भवन अभावमा विद्यार्थीको पठनपाठन प्रभावित हुदै आएकोमा नयाँ भवन निर्माण सम्पन्न भएसंगै समस्या समाधान भएको विद्यालयले जनाएको छ । विद्यालयको नवनिर्मित भवनको उद्घाटन गर्नुहुँदै सुदूपश्चिम प्रदेशका उपसभामुख निर्मला बडाल जोशीले शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रदेश सरकारको विशेष ध्यान गएको बताउनुभयो । उहाँले प्रदेश सरकारले शिक्षा क्षेत्रको विकास गर्न शिक्षा क्षेत्रमा भौतिक पूर्वाधार निर्माण तथा शैक्षिक गुणस्तर प्रवद्र्वनमा सहयोग पुर्याउँदै आएको बताउनुभयो । शिक्षा क्षेत्रलाई अहिलेसम्म कम प्राथमिकता दिएकै कारण विकास हुन नसकेको भन्दै शिक्षा क्षेत्र सबैको प्राथमिकतामा पर्नुपर्ने बताउनुभयो । महाकाली नगरपालिका प्रमुख हंशराज भट्टले नगरभित्रका सबै जसो विद्यालयमा भौतिक पूर्वधार निर्माण गरिएको बताउनुभयो । नगरपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर विद्यालय पूर्वाधार कार्यक्रम कार्यान्वयनमा ल्याएको उहाँको भनाई छ ।

सायद ३ जना मानिसहरू, उभिएका मानिसहरू, घरबाहिर, रूख तथा  'Shot on Y17 Vivo Alcamera 2021.10.04 10:01' भन्ने पाठ को तस्बिर हुनसक्छ

सायद ३ जना मानिसहरू, उभिएका मानिसहरू तथा  घरबाहिर को तस्बिर हुनसक्छ

सायद एक वा थप मानिसहरू को तस्बिर हुनसक्छ

सायद २ जना मानिसहरू, उभिएका मानिसहरू तथा  घरबाहिर को तस्बिर हुनसक्छ

सायद २ जना मानिसहरू तथा  उभिएका मानिसहरू को तस्बिर हुनसक्छ

सायद एक वा थप मानिसहरू, उभिएका मानिसहरू, बसिरहेका मानिसहरू, गलबन्दी तथा  घरभित्र को तस्बिर हुनसक्छ

सायद एक वा थप मानिसहरू, उभिएका मानिसहरू तथा  घरबाहिर को तस्बिर हुनसक्छ

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?