दार्चुला । नेकपा एमाले, माओवादी र राप्रपा परित्याग गरि तीन सय जना नेपाली काँग्रेसमा प्रबेश गरेका छन्। काँग्रेस दोधारा चादँनी नगर समितिद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गर्नुभयो । कञ्चनपुर निर्वाचन क्षेत्र ३ बाट काँग्रेस प्रवेश गरेका ३०० जना नेता तथा कार्यकर्तालाई नेता लेखकले साधारण सदस्यता समेत प्रदान गर्नुभयो ।
पार्टी प्रवेश कार्यक्रममा नेता लेखकले नव प्रवेशीहरुलाई सम्मानजनक हिसाबले क्षमता अनुसार जिम्मेवारी दिने बताउनुभयो । नेता लेखकले स्थिरता र विकासका लागि काँग्रेसको आवश्यकता भएकाले काँग्रेसले लोकतान्त्रिक व्यवस्था जोगाउन सरकारको नेतृत्व गरेको बताउनुभयो । आगामी निर्वाचनमा काँग्रेसले बहुमतको सरकार बनाउने उहाँको दाबी छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया