रामायणमा रावण बनेका अभिनेता त्रिवेदीको निधन

दार्चुला । हिन्दुहरूको पौराणिक ग्रन्थ रामायणमा आधारित भएर बनेको टेलिभिजन श्रृंखला ‘रामायण’ मा रावणको भूमिका निर्वाह गरेका भारतीय कलाकार अरविन्द त्रिवेदीको निधन भएको छ। टाइम्स अफ इन्डियाका अनुसार ८२ वर्षीय त्रिवेदीको मंगलबार मुम्बईमा निधन भएको हो।

पछिल्लो केही समयदेखि उहाँ अस्वस्थ हुनुहुन्थ्यो । हृदयघात भएर शरिरका विभिन्न अंगले काम गर्न छोडेपछि उहाँको निधन भएको हो। ४० वर्ष गुजराती फिल्ममा काम गरेका त्रिवेदीले हिन्दी र गुजराती गरी झन्डै तीन सय फिल्ममा अभिनय गर्नुभएको थियो । उहाँ सन् १९९१ मा भारतीय जनता पार्टीबाट लोक सभा सदस्य पनि बन्नुभएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?