कांग्रेस बाजुरा सभापतिमा ५१ प्रतिशत नपुगेपछि पुनः मतदान

दार्चुला । नेपाली काँग्रेस जिल्ला कार्यसमितिको ७ औँ जिल्ला अधिवेशनमा नेतृत्व चयनका लागि गरिएको निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ । बुधवार बिहानबाट सुरु गरिएको मतगणना अनुसार पार्टी सभापतिका लागि देउवा पक्षबाट उम्मेदवार बनेका कविराज पण्डितको पक्षमा ४ सय ८९ र पौडेल पक्षका उम्मेदवार रामसिंह रावलले ४ सय ७४ मत पाउनुभएको छ ।

त्यस्तै सभापतिमा स्वतन्त्र प्यानलबाट सभापति पदमा उम्मेदवारी दिएका चक्रबहादुर शाहले १ सय ५२ मत प्राप्त गन्नुभएको छ । पार्टी सभापतिका लागि ५१ प्रतिशत पुर्‍याउन ६ सय १५ मत ल्याउन पर्ने हुन्छ तर पहिलो निर्वाचनमा कसैको पनि ५१ प्रतिशत मत नपुगेपछि देउवा पक्षका पण्डित र पौडेल पक्षका रावलवीच पुनः मतदान हुने निर्वाचन अधिकृत सन्तोष भण्डारीले बताउनु भएको छ ।

उहाँका अनुसार आजै दिउँसो १ बजेबाट मतदान प्रक्रिया सुरु गरिने छ । जिल्ला अधिवेशनको निर्वाचनमा नेपाली काँग्रेसका १२ सय १२ जना प्रतिनिधि मध्ये १२ सय ७ जनाले मतदान गरेका थिए । उपसभापतिमा भने पदम बडुवाल र सचिवमा भरत रोकाया विजयी भइसक्नु भएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?