दार्चुलाका सबै बिद्यालयमा विहिबारदेखि दशैं बिदा दिइयो

दार्चुला । दार्चुलाका सबै स्थानीय तहले विद्यालयहरुलाई बिदा दिएका छन् । दशैंबिदा घटाएर विहिबारदेखि विद्यालयहरुलाई १० दिन देखि १५ दिनसम्म बिदा दिने निर्णय गरिएको शिक्षा शाखाहरुले जनाएका छन् । गत वर्षसम्म विद्यालयहरुलाई दशैंको समयमा एक महिना लामो विदा दिदै आएकोमा यो वर्षदेखि सबै पालिकाले दशैं बिदा घटाएका हुन् ।

मार्मा गाउँपालिका र अपिहिमाल गाउँपालिकाले घटस्थापनादेखि असोज ३१ गतेसम्म ११ दिन मात्रै बिदा दिने निर्णय गरेको छ । नौगाड गाउँपालिकाले कार्तिक २ गतेसम्म विदा दिने निर्णय गरेको छ । महाकाली नगरपालिका, शैल्यशिखर नगरपालिका, मालिकार्जुन गाउँपालिका, दुहुँ गाउँपालिका, व्यास गाउँपालिका र लेकम गाउँपालिकाले असोज २१ गते घटस्थापनादेखि कार्तिक ३ गते कोजाग्रत पुर्णीमासम्म १४ विद्यालयहरुलाई विदा दिने निर्णय गरेका छन् ।

शिक्षा नियमावली २०५९ को नियम ८५ को उपनियम २ अनुसार यो वर्षको दशैं बिदा असोज २१ गते घटस्थापनादेखि कार्तिक ३ गते पूर्णीमासम्म १४ दिन दिने निर्णय गरिएको लेकम गाउँपालिकाले जनाएको छ । कोरोनाका कारण भदौसम्म विद्यालयहरुमा पठनपाठन कार्य हुन नसकेकाले दशैं बिदा घटाएर पाठ्यक्रमले निर्धारण गरेको उद्धेश्य प्राप्त गर्नुपर्ने आवश्यकता देखिएको सबै स्थानीय तहहरुले सार्वजनिक सूचनामार्फत दशैं बिदा घटाएको जानकारी गराएका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?