बैतडीको पुर्चौंडीमा स्वास्थ्यकर्मीमाथि हातपात

दार्चुला । बैतडीको पुर्चौडी नगरपालिका १ स्थित पुर्चौडीहाट स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीहरुमाथि हातपात भएको छ । वडा नम्बर १ स्थित कुडीखेत टोलका सुरेन्द्र धनुसेले मदिरा सेवनगरी बिहीबार साँझ स्वास्थ्यकर्मीमाथि हातपात गरेको स्वास्थ्यचौकी प्रमुख दिपेन्द्रबहादुर धामीले जानकारी दिनुभयो । धनुसेले गालीगलौज गर्दै दुई जना महिला स्वास्थ्यकर्मी र आफूमासथ हातपात गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी ड्युटीमा थियौं । ढोकामा लात्ती हानेर हामीमाथि हातपात भएको छ । एकजना सिस्टरको कपडा समेत च्यातिएको छ ।’

ड्युटीमा रहेका अनमी ताराकुमारी साउँद, अहेव रत्ना भण्डारी धामी र स्वास्थ्यचौकी प्रमुख दिपेन्द्रबहादुर धामीमाथि हातपात र गालीगलौज भएको हो । ‘हामी तरकारी किन्नका लागि बजारमा गएका थियौं । त्यो मान्छेले त्यहीबेलादेखि हामीलाई गाली गलौज गरिरहेको थियो । हामीसंग स–साना बच्चा पनि भएकाले हामी अफिसमा आयौं ।’उनले भने, ‘उसले अफिसमै आएर हामीमाथि गालीगलौज र हातापात गरेको हो । यसरी हामीलाई काम गर्न निकै समस्या भएको छ ।’ ड्यटीमा खटिएका स्वास्थ्यकर्मीहरुमाथि हातपात भएपछि स्वास्थ्यकर्मीहरुले काम गर्ने वातावरण नभएको बताएका छन् ।

स्वास्थ्यकर्मीमाथि हातपात गरे लगत्तै धनुसेका आफन्तहरुले लगेपछि धनुषेलाई फेला पार्न नसकेको पुरघाट प्रहरीचौकीका प्रमुख प्रहरी निरीक्षक निराजन सुनारले बताउनुभयो । स्वास्थ्यकर्मीहरुले आफूहरुमाथि हातपात र गालीगलौज भएको कुरा जानकारी गराएको र सो कार्यमा संलग्न धनुषेको खोजी भईरहेको उहाँले बताउनुभयो। धनुषेलाई फेला पारेपछि घटनाका बिषयमा थप जानकारी हुने प्रहरी निरीक्षक सुनारले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?