एक जनाको शव फेला

 

दार्चुला : कञ्चनपुरमा युवकको शव फेला फेला परेको छ। शुक्रबार महाकाली नदीको झोलुंगे पुल नजिक भीमदत्त नगरपालिका–१२ ऐरीका २२ वर्षीय सुनिल विष्ट मृत फेला परेका हुन्। उनी २ दिनअघि बुधबार साँझ भाइरल रोड नजिकै महाकाली नदीमा नुहाउने क्रममा बेपत्ता भएका थिए। बेपत्ता भएपछि प्रहरीको टोलीले उनको खोजी कार्य गरेको थियो।

मृतक आफन्तका अनुसार छिमेकी प्रेम भट्टले बेलुका ५ बजेतिर महाकालीमा नुहाउन जान भन्दै बोलाएको खुलेको छ। प्रहरीले भट्टलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?