प्रदेशस्तरीय भलिबल प्रतियोगिताः डोटी फाइनलमा प्रवेश

दार्चुला । डोटी धनगढीमा जारी प्रथम प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। सेमिफाइनलमा कैलालीलाई ३(१ ले पराजित गर्दै डोटी उपाधि नजिक पुगेको हो। सेमीफाइनलको अर्को खेल डडेल्धुरा र कञ्चनपुरबीच भइरहेको छ।

धनगढीमा जारी प्रतियोगिताको विजेतालाई नगद एक लाखसहित ट्रफी दिइने छ। प्रतियोगिताको उपविजेतालाई नगद ५० हजारसहित ट्रफी दिइनेछ भने प्रतियोगिताको सेमिफाइनलसम्म पुग्ने दुई टीमलाई पच्चिस पच्चिस हजार नगदसहित ट्रफी दिइने छ। विभिन्न ५ वटा विधाका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार दिइनेछ। सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा प्रतियोगिता भइरहेको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?