सुदूरपश्चिममा माओवादीले बनायो लक्ष्मीदत्त जोशीसहित ६ जनालाई सहइन्चार्ज, अध्यक्षमा भण्डारी चयन

दार्चुला । सुदूरपश्चिममा सबैको चित्त बुझाउन माओवादीले ६ जनालाई पार्टीको सहइन्चार्ज बनाएको छ । यसअघि माओवादीले लक्ष्मीदत्त जोशी र तारामान स्वाँरलाई सहइन्चार्ज बनाएकोमा नेताहरुको व्यवस्थापनका लागि भन्दै फेरि ४ जना सहइन्चार्ज थपेको हो ।

दार्चुला घर भएका लक्ष्मीदत्त जोशी प्रदेश इन्चार्जको दाबेदार भएपनि सहइन्चार्ज बनाइएको थियो । अहिले जोशीसहित सहइन्चार्ज ६ जना पुगेका छन् । जसमा प्रचण्डकी बुहारी बिना मगरसमेत रहेकी छन् । पछिल्लो समय थपिएकामा बिनासँगै नेपबहादुर चौधरी, त्रिलोचन भट्ट र वीरमान चौधरी रहेका छन् । भट्ट सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री समेत हुन् ।

अध्यक्षमा शरद्सिंह भण्डारी र सचिवमा देवीलाल चौधरी रहेका छन् । यस्तै इन्चार्जमा खगराज भट्ट यसअघि नै चयन भइसकेका थिए ।

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?