दार्चुलाकै सर्वाधिक पुरस्कार राशिको मालिकार्जुन प्रिमियर लिग क्रिकेट प्रतियोगिता हुँदै

दार्चुला । दार्चुला जिल्लामा दोस्रो संस्करणको मालिकार्जुन प्रिमियर लिग एमपीएल क्रिकेट प्रतियोगिता कार्तिक ८ गतेदेखि आयोजना हुने भएको छ । दिपेन्द्र धामी स्मृति प्रतिष्ठानको आयोजनामा हुने एमपीएल प्रतियोगिता कार्तिक ८ गतेबाट १७ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।

दार्चुला जिल्लाकै सर्वाधिक पुरस्कार राशिको प्रतियोगिता महाकाली नगपालिका वडा नम्वर ९ दत्तुस्थित सकार क्रिकेट मैदानमा हुनेछ । प्रतियोगितामा सहभागिता जनाउन कार्तिक ६ गतेसम्म टिम दर्ताको समय रहेको छ । प्रतियोगिताको विजेताले १ लाख ५१ हजार १५१ रुपैया पुरस्कार प्राप्त गर्नेछ। उपविजेताले ५५ हजार ५५५ रुपैया पाउने छन् ।

प्रतियोगिता राष्ट्रिय खेलकुद परिषदवाट अनुमति प्राप्त गरिसकेको र प्रतियोगिताका उत्कृष्ट १५ जना खेलाडीहरुलाई छात्रवृति सहित खेलकुदमा अगाडि बढाइने आयोजकमध्येका माधव धामीले जानकारी दिनुभयो । प्रतियोगितामा वेष्ट बलरलाई ३ हजार ५ सयसहित ट्रफी, वेष्ट ब्याट्सम्यान ३ हजार ५ सयसहित ट्रफी र उदयमान खेलाडीलाई ७ हजार ५ सय पुरस्कार प्रदान गरिने उहाँले बताउनुभयो ।

No description available.

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?