दार्चुला । बैतडीमा भिरबाट लडेर एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको सिगास गाउँपालिका वडा नम्बर २ का अन्ताजी ४५ बर्षीय नरबिर सिंह धामी रहेका छन् । सोमबार नजिकैको ठुलागोदा बनमा दाउरा ल्याउन गएका धामीको बेलुकी लडेर मृत्यु भएको स्थानीय एवम मृतकका आफन्त लोकेन्द्र सिंह धामीले जानकारी दिनुभयो ।
धामी बिहानै दाउरा लिन बन गएका र बेलुकी सम्म पनि नफर्कदा आफुहरुले खोजतलास गर्ने क्रममा मंगलबार बिहान मृत अबस्थामा भेटेको बताउनुभयो । मृतक धामी भिरबाट करिब चार सय मिटर तल खसेको बताइएको छ । धामीको बिबाह पश्चात् श्रीमतीको पनि भिर बाटै लडेर मृत्यु भएको थियो । अहिले दोस्रो बिबाह पश्चात् अपांग श्रीमती र दुईवटा छोरा रहेका छन्।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया