एकिकृत समाजवादीको दार्चुला इन्चार्जमा बिष्ट चयन, कसले के जिम्मेवारी पाए हेर्नुहोस ?

दार्चुला । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) को दार्चुला जिल्ला इन्चार्जमा नरेन्द्र बिष्ट चयन हुनुभएको छ । नेकपा एमाले बैतडीका पुर्व अध्यक्ष तथा प्रदेश कमिटि सदस्य रहनुभएका नरेन्द्र बिष्ट नेकपा (एस) को केन्द्रीय सदस्य सहित दार्चुलाको जिल्ला इन्चार्जमा चयन हुनुभएको हो ।

बैतडी जिल्ला इन्चार्जमा प्रमानन्द भट्ट चयन हुनुभएको छ । भट्ट केन्द्रीय पोलिट ब्यूरो सदस्य सहित जिल्ला इन्चार्ज चयन हुनुभएको हो । नेकपा एमाले बिभाजन पछि बनेको नेकपा (एस) मा गएका भट्टलाई पार्टी स्थाई कमिटीको बैठकले जिल्ला इन्चार्जमा चयन गरेको हो । भट्ट बैतडीमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता हुन् । यसैगरि पुर्व प्रदेश मन्त्री तथा नेकपा (एस) का केन्द्रीय सदस्य माँया भट्ट प्रदेश सह–सचिवमा चयन हुनुभएको छ । यसअघि एमाले हुँदा र माओवादी संगको एकतापछि बनेको नेकपा हुदाँका बेला प्रदेश कमिटि सदस्य रहेकी भट्ट अहिले नेकपा (एस) को प्रदेश सह– सचिव चयन पदमा चयन हुनुभएको हो ।

गत बिहिबार देखी जारी स्थाई कमिटिको बैठकले नेताहरुको जिम्मेवारी बाडँफाड गरेको हो । पार्टीका नियमित कामकाजहरु अब अगाडी बढाउने नेता बिष्टले बताउनुभयो । पालिकास्तरमा संगठन बिस्तार तथा सुदृढीकरणका कार्यक्रम आयोजना गरिने नेकपा (एस) दार्चुलाले जनाएको छ ।

यसैबिच नेकपा (एकीकृत समजवादी) को सुदूरपश्चिम अध्यक्षको जिम्मेवारी विक्रमबहादुर शाहीले पाउनुभएको छ । डडेल्धुराका शाहीलाई पार्टीको स्थायी कमिटीको सातौं बैठकले प्रदेश अध्यक्षको जिम्मेवारी दिएको सुदूरपश्चिम इन्चार्ज गरिमा शाहले जानकारी दिनुभयो । उहाँका अनुसार रामकुमार ज्ञवाली, निरा जैरु र प्रेम आलेलाई सहइञ्चार्जको जिम्मेवारी दिइएको छ।

यस्तै प्रदेशका ९ जिल्ला इन्चार्जको पनि टुंगो लागेको शाहले बताउनुभयो । दार्चुलामा नरेन्द्र बिष्ट, बैतडीमा परमानन्द भट्ट, डडेल्धुरामा नरबहादुर बिष्ट, कञ्चनपुरमा लालबहादुर खड्कालाई इञ्चार्ज तोकिएको छ। यस्तै कैलालीमा दीर्घ सोडारी (प्रदेश कमिटी उपसचिव समेत), डोटीमा हर्कबहादुर सिंह (प्रदेश कमिटी उपाध्यक्ष समेत), बझाङमा दिलबहादुर सिंह, अछाममा शेरबहादुर कुँवर (प्रदेश कमिटी उपाध्यक्ष समेत) र बाजुरामा हिक्मत जङ्ग शाहीलाई जिल्ला इञ्चार्जको जिम्मेवारी दिइएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?