जन्ती बोकेको जीप पल्टियो, चार जना रेफर

दार्चुला । बैतडीमा जन्ती बोकेको जीप दुर्घटना भएको छ। जिल्लाको सिगास गाउपालिका १ मा जन्ती बोकेको जीप दुर्घटना भएको हो। सुर्नया–८ ढोल्यामोडबाट सिगास–१ खड्क्यौडा जन्ती बोकेर फर्किरहेको से १ ज १७० नम्बरको जीप शुक्रबार राति ८ बजे दुर्घटना हुँदा ८ जना घाइते भएका हुन्। घाइतेमध्ये चार जना डडेल्धुरा अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। थप ४ जना घाइतेलाई धनगढी रेफर गरिएको छ।

सिगास गाउँपालिका ४ का २० वर्षीय भरतसिह बोहरा, सुर्नया गाँउपालिका ८ का २१ वर्षीय तेज बोहरा, सोही ठाँउका ३० वर्षीय प्रकाश बोहरा र १४ वर्षीय सुशिल बोहरालाई धनगढी रेफर गरिएको खोडपे प्रहरी चौकीका इन्चार्ज ऐनबहादुर पालले बताउनुभयो । ब्रेक फेल भएर जीप दुर्घटनामा परेको अनुमान गरिएको छ। जीप साडकमै पल्टिएको हो।

यसैबिच सुदूरपश्चिम प्रदेशमा दशैं अवधिमा सवारी दुर्घटनामा ९ जनाको मृत्यु भएको छ । घटस्थापनाको दिनदेखि विजयादशमीको दिनसम्म प्रदेशका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा ९ जनाको मृत्यु भएको हो ।

दुर्घटनामा ३१ जना घाइते भएका छन् । यो अवधिमा सुदूरपश्चिम प्रदेशमा १६ वटा सवारीसाधन दुर्घटनामा परेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो । दुर्घटनामा पर्ने सवारी साधनमध्ये सबैभन्दा धेरै मोटरसाइकल छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?