दार्चुला । बैतडीको पुर्चौडी नगरपालिका वडा नम्बर ८ मल्लादेहीमा रहेको डिलाशैनी भगवती मन्दिरको भौतिक निर्माणका लागि सोही गाउँका स्थानीय दले धामीका नाति जगी धामीका छोरा समाजसेवी कैलाश धामीले नगद ५० हजार २५ रुपैया सहयोग गर्नुभएको छ । उक्त रकम शनिबार (आज) डिलाशैनी भगवती मन्दिर सेवा समितिका अध्यक्ष उकिल बहादुर धानुकलाई हस्तान्तरण गर्नुभएको हो ।
मन्दिरको व्यवस्थापकीय कार्य प्रसंशनीय रहेको भन्दै शनिबारबाटै आजीवन सदस्य रहने गरि स्थानीय रमेश बोहरा, पदम बोहरा, कर्ण बोहरा र कैलाश धामीलाई सदस्यता प्रदान गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष केशव बोहरालाई उदृत गर्दै पुर्चौडीबाट लोकदर्पण समाचारदाता हरिसिंह साउंदले जानकारी दिनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया