मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

दार्चुला । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार शनिबार जिल्लाको टीकापुर नगरपालिका वडा नम्बर २ विकास टोलमा से ६ प १९३१ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो। दुर्घटनामा मोटरसाइकल चालक टीकापुर नगरपालिका १ का १८ वर्षीय सुन्दर मगर र पछाडि सवार सोही ठाउँका १८ वर्षीय केशव मगरको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

त्यस्तै मोटरसाइकलमै सवार सोही ठाउँका १९ वर्षीय आशिष मगर घाइते भएका छन्। तीनै जनालाई टीकापुर अस्पतालमा सामान्य उपचारपछि कोहलपुर मेडिकल कलेज रिफर गरिएको र दुई जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ। घाइते आशिषको उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको बताइएको छ। मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले बताएको छ।

दशैं शुरु भए यता सुदूरपश्चिममा १७ वटा दुर्घटनामा ११ जनाको मृत्यु भएको छ । भने ३१ जना घाइते भएका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?