रमेशको घाँटी थिचेर हत्या आशंकामा श्रीमती सहित ४ जना पक्राउ

दार्चुला । कैलालीमा एक जनाको हत्या गरिएको छ । जिल्लाको धनगढी उपमहानगरपालिका–७ का अन्दाजी २५ वर्षीय रमेश चौधरीको हत्या गरिएकोे हो । आज बिहानै घरदेखि करिब ७ सय मिटर टाढा खुटिया खोलाको छेउमा उनको शव फेला परेको र अनुसन्धान गर्दै जादाँ हत्या गरिएको खुलेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख, प्रहरी उपरीक्षक विश्व अधिकारील जानकारी दिनुभयो ।

शुक्रबार साँझ साथीकोमा जान भन्दै घरबाट निस्किएका उनी बिहान मृत अवस्थामा फेला परेका थिए । प्रारम्भिक रुपमा उनको घाँटी थिचेर हत्या गरेको पाइएको प्रहरीले जनाएको छ । हत्याको घटना अनुसन्धानका लागि रमेशकी श्रीमती सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

रमेशको घाँटी थिचेर हत्या गरेको पाइएपछि हत्यामा संलग्न भएको आशंकामा रमेशकी श्रीमती सहित चार जनालाई पक्राउ गरेको प्रहरी प्रमुख एसपी अधिकारीले जानकारी दिनुभयो । उनीहरुको नाम भने खुलाइएको छैन । घटनाका बिषयमा सुक्ष्म रुपले अनुसन्धान भैरहेको प्रहरी प्रमुख एसपी अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?