सुदूरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध

दार्चुला । सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको छ। राजमार्गको भासु भीरमा वर्षाका कारण हिजो राति गएको पहिरोका कारण राजमार्ग अवरुद्ध भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

राजमार्ग अवरुद्ध बनेपछि अहिले त्यहाँ सवारीसाधन अलपत्र परेका बताइएको छ। केहीबेरमै डोजर लगाई पहिरो पन्छाइने प्रहरीले बताएको छ। निरन्तर बर्षा भइरहेकोले यात्रुहरुलाई थप समस्या भएको छ । केहि दिनसम्म ठूलो पानी पर्नसक्ने सम्भावना भएकोले खेतबारीको काम गर्दा र यात्रा गर्दा विशेष सावधानि अपनाउन र अत्यावश्यक काम बाहेक घर बाहिर हिडडुल नगर्न मौसम पुर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?