बिनाबस्तीका धनन्जय जोशीको मलेसियामा मृत्यु

दार्चुला । बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर ५ बिनाबस्ती घर भएका ४२ बर्षीय धनन्जय जोशीको आइतबार राती ब्लड क्यान्सरका कारण मृत्यु भएको छ । बिगत ३ दिन देखी अस्पताल भर्ना भएका जोशीको गयराति मलेसियामा मृत्यु भएको मृतकका आफन्त हरि जोशीले जानकारी दिनुभयो ।

मृतकको आजै पोष्टमार्टम गरिने बताइएको छ । पोष्टमार्टम पछि कोरोना संक्रमण नदेखीएमा शव नेपाल ल्याइने र कोराना देखिएमा मलेसियामै अन्तीम संस्कार गरिने उहाँले बताउनुभयो। मृतक जोशी बिगत ५ बर्ष देखी मलेसियामा काम गर्दै आउनुभएको थियो ।

जोशीको घरमा श्रीमति, २ छोरी र १ छोरा रहेका छन् । शारीरिक रुपमा स्वस्थ रहेका जोशीलाई २ दिन अघि मात्रै ब्लड क्यान्सर रहेको पुष्टी भएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?