दार्चुला । डिलाशैनी गाउँपालिका वडा नम्बर ४ नुवाकोटको जमाडी नदीमा नुवाकोटकी अन्दाजी ३० बर्षीया महिलाले ५ बर्षको छोरासहित हाम फालेकी छन । हाडाकोट स्वास्थ्यचौकी अन्तरगत महिला स्वास्थ्य स्वयससेबिका समेत रहेकी जयन्ती बिष्टले ५ बर्षको छोरासहित जमाडी खोलामा हाम फालेर बेपत्ता भएकी हुन् ।
मंगलबार विहान नदीमा हाम फालेर बेपत्ता भएका आमाछोराको अवस्था अज्ञात रहेको बताइएको छ । स्थानीयहरुका अनुसार श्रीमान भारतबाट फर्किएको केही दिन मात्रै भएको थियो । बेपत्ता बिष्टका ससुराको कामको सिलसिलामा भारतको बैंङलोरमा केहि महिना पहिले मृत्यु भएको थियो ।
परिवारमा श्रीमान र दुई छोरीहरु रहेको र नदीमा हाम फाल्नुको कारण नखुलेको डिलाशैनीबाट लोकदर्पण समाचारदाता महेशराज पन्तले जानकारी दिनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया