सात दिन पहिले हराएका ध्वज बहादुर बिष्टको शव फेला

दार्चुला । बैतडी सुर्नया ५ कक्स्यालिमा ७ दिन देखि हराइरहेका ध्वज बहादुर बिष्टको शव फेला परेको छ । घोड धौनि दाजुको घरबाट आफ्नो घर जान्छु भन्दै हिडेका ४७ वर्षिय बिष्ट ७ दिन देखि सम्पर्क विहिन भएका थिए । खोजि गर्ने क्रममा आज बिहान १० बजे शव कुहिएको अवस्थामा कक्स्यालिकै भिरमा फेला परेको रोलेश्वर प्रहरी चौकिका इन्चार्ज भुवन चन्दले बताउनुभयो ।

मृतक बिष्टका दुई श्रीमती र तीन ओटा छोराहरू रहेका छन । घटना के कारणले भएको भन्ने एकिन नभएको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको र शव पोष्टमार्टमका लागि डडेल्धुरा पठाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?