दार्चुला । अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण अवरुद्ध भएको सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग सुचारु भएको छ । सडक बिभागका कर्मचारीहरु र सुरक्षाकर्मीहरुको टोलीको टोलीले चार दिनयता सडकमा खसेको पहिरो हटाउने प्रयास जारी राखेका थिए ।
भात्काडादेखि गैरा अन्तर्गत पर्ने सडक खण्डका दर्जनौ स्थानमा पहिरो खसेका कारण चार दिनयता भीमदत्त राजमार्गमा यातायात सेवा अवरुद्ध भएको थियो । डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले सडकमा खसेको पहिरो स्काभेटरबाट हटाएर सडक सुचारु गरिएको जानकारी दिनुभयो । राजमार्ग अवरुद्ध भएपछि अलपत्र परेका सवारी साधन तथा यात्रु अहिले आआफ्नो गनतव्यतिर लागेका छन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया