समयमै उपचार नपाउँदा डिलाशैनीमा सुत्केरीको ज्यान गयो

दार्चुला । बैतडीमा एक सुत्केरीको मृत्यु भएको छ । जिल्लाको डिलाशैनी गाउपालिका—६ कि २१ वर्षीया पूजा थलालको समयमै उपचार नपाउँदा मृत्यु भएको हो । कात्तिक १ गते सुत्केरी बेथा लागेर गोकुलेश्वर अस्पताल गएकी उनको अवस्था सामान्य थियो । उपचारकै क्रममा प्रेसर बढेर र पिसाबमा प्रोटिन देखिएपछि स्वास्थ्य अवस्था जटिल बन्दै गएको डिलाशैनीका स्वास्थ्य संयोजक पुरुषोत्तम नाथले बताउनुभयो । उहाँलाई थप उपचारको लागि अस्पतालबाट डडेलधुरा रेफर गरिएको थियो ।

सोही दिन राति अविरल वर्षाले बैतडी डडेलधुरा सडक ठाउँ ठाउँमा अवरुद्ध हुँदा उनलाई समयमै अस्पताल पुयाउन नसकेर बाटोमै मृत्यु भएको बताइएको छ । दार्चुला र बैतडीका अस्पताल स्तरोन्नती नहुदा कतिपय सुत्केरी र बिरामीहरु बाटोमै ज्यान गुमाउन बाध्य छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?