दार्चुला । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दशौँ महाधिवेशनअन्तर्गत बैतडीका चारवटा वडामा वडातहको अधिवेशन सम्पन्न भएको छ । जिल्लामा ८४ वडा रहेकोको बैतडीमा सोमबारदेखि सुरु भएको अधिवेशनमा अहिलेसम्म जिल्लाका चार वडामा मात्रै अधिवेशन सम्पन्न भएको जनाइएको छ।
नेकपा एमाले दोगडाकेदार गाउँपालिका कमिटी अध्यक्ष काशीसिंह बिष्टका अनुसार जिल्लाको दोगडाकेदार गाउँपालिकाको वडा नम्बर २, ३, ४ र ८ मा अधिवेशन सम्पन्न भएको हो । २ नम्बरमा उमापति भट्ट, ३ नम्बरमा करनराम भुल, र ४ नम्बरमा तर्कराज भट्ट चयन भएका छन् । यस्तै मगंलबार (आज) ८ नम्बरमा भएको वडा अधिवेशनबाट डम्मर बहादुर विष्ट वडा कमिटी अध्यक्षमा चयन भएका छन्।
चार नगरपालिका र ६ गाउँपालिका गरी १० स्थानीय तह रहेको बैतडीमा ८४ वडा रहेका छन्। कात्तिक १२ गतेसम्म वडा अधिवेशन सक्ने गरी कार्यतालिका बनाइएको र सोहीअनुसार अधिवेशन भइरहेको एमाले बैतडीले जनाएको छ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया