दार्चुला । पहाडी जिल्लाहरुमा हात्तीपाइले रोग निवारण भएको नभएको बारेमा थाहा पाउन सर्वेक्षण गरिने भएको छ । लगातार ६ बर्ष हात्तीपाइले विरुद्धको आम औषधि सेवन कार्यक्रम सञ्चालन भएका बैतडी, दार्चुला र बझाङमा सर्वेक्षण गरिन लागेको हो । आम औषधि सेवन कार्यक्रमपछि यी जिल्लाहरुमा हात्तीपाइले रोगका बिरामी फेला नपरेकाले अब रोग भएको नभएको बारेमा विद्यालयमा पुगेर सर्वेक्षण गरिने कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडाले जनाएको छ ।
यसका लागि तीन वटै जिल्लाका ५७ विद्यालय छनौट भएका छन् । ती विद्यालयमा कक्षा १ र २ मा अध्ययनरत बालबालिकाहरुको नमूना संकलन गरेर हात्तीपाइले रोगका बिषयमा जानकारी लिइने बताइएको छ । तीन जिल्लाका ४६ हजार बढी विद्यार्थीको नमूना संकलन गरिने छ । आगामी मंसिर महिनामा सर्वेक्षणको काम सञ्चालन गरिने बताइएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया