दार्चुला । गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेज सेटीगाउँलाई त्रिभुवन विश्व विद्यालयको आंगिक क्याम्पस बनाउन माग गरिएको छ । नेपाली कांग्रेसका नेता रमेश लेखक नेतृत्वको टोलीले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेजलाई आंगिक क्याम्पस बनाउन माग गरेको नेपाली कांग्रेस डिलाशैनी गाउँपालिकाका सभापति जयानन्द जोशीले बताउनुभयो ।
लेखकको नेतृत्वमा गएको टोलीले गोकुलेश्वर क्याम्पस दुर्गम क्षेत्रको प्राविधिक बिषय पढाइ हुने क्याम्पस भएकाले यसलाई आंगिक बनाउनुपर्ने माग गरिएको सभापति जोशीले बताउनुभयो । नेता लेखकसंगै प्रधानमन्त्रीलाई भेट्न कांग्रेस बैतडीका पूर्वसभापति शिवराज भट्ट, नेपाली कांग्रेस डिलाशैनीका सभापति जयानन्द जोशी, नेविसंघका पूर्व केन्द्रिय सदस्य जनक भट्ट, क्याम्पस प्रमुख परमानन्द जोशी लगायतका व्यक्तिहरु बालुवटार पुगेका थिए ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया