दुहुँमा आयोजित भलिवलको उपाधी प्रेमनगरलाई

दार्चुला । दुहुँ गाउँपालिका वडा नम्बर १ को पिपलचौरी खेलकुद विकास समितिले आयोजना गरेको भलिबल प्रतियोगितमा मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ मड प्रेमनगरको टिम प्रथम भएको छ । उत्कृष्ट प्रदर्शन गर्दै प्रेमनगरको टिम उपाधि जित्न सफल भएको आयोजकले जनाएको छ ।

२१ टिमको सहभागीता रहेको प्रतियोगितामा दुहुँ गाउँपालिका वडा नम्बर ४ को मालिका पोक्से टिम द्धितिय र नवज्वोती पोक्से तृतिय भएको छ । खेलमा मालिकार्जुनका बलदेबसिंह धामी बेष्ट पिलियर, मालिकार्जुनकै सन्दिपसिह धामी बेष्ट डिफेन्सर र बलदेबसिंह धामी नै बेष्ट इस्पाइकर भएका छन् । मालिकार्जुन ३ प्रेमनगरको टिमलाई अनुशासित टिम समेत घोषणा गरिएको छ ।

प्रतियोगितामा प्रथम स्थान हात पार्न सफल मालिकार्जुनले ६६,६६६ नगदसहित सिल्ड, मेडल, प्रमाणपत्र प्राप्त गरेको छ । द्धितिय टिम पोक्सेले ३३,३३३ नगदसहित सिल्ड, मेडल, प्रमाणपत्र र तृतिय टिमले १६,६१६ सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?