दार्चुला । बैतडी जिल्लाका ७८ वडाहरुमा नेकपा एमालेको वडा अधिवेशन सम्पन्न भएको छ । जिल्लाका ९ वडामा विहिबार सम्म वडा अधिवेशन सम्पन्न भएकोमा बाकीँ रहेका मध्ये ६९ वडाहरुमा शुक्रबार अधिवेशन सम्पन्न भएको हो । जिल्लाका ८४ वडाहरुमध्ये अन्य ६ वडामा शनिबार र आइतबार अधिवेशन हुने एमाले बैतडीले जनाएको छ । अधिबेशन भएका सबै वडाहरुमा सर्वसम्मतिबाट वडा कमिटिहरु चयन भएका छन् ।
दशरथचन्द नगरपालिका वडा नम्बर १ मा बिष्णुदत्त भट्ट, वडा नम्बर २ मा खडकसिंह बोहरा, वडा नम्बर ३ मा राजेन्द्र नाथ, वडा नम्बर ४ मा प्रेम बोकटी, वडा नम्बर ५मा नमराज भट्ट, वडा नम्बर ७ मा हरिसिंह बडु, वडा नम्बर ८ मा किसन गुरु, वडा नम्बर ९ मा भवानी दत्त जोशी, वडा नम्बर १० मा गोबिन्द सिंह बुडाल र वडा नम्बर ११ मा करन चन्द चयन भएको एमाले बैतडी जिल्ला सचिव तथा प्रदेश सभा सदस्य लिलाधर भट्टले जानकारी दिनुभयो ।
पुर्चौडी नगरपालिकाको वडा नम्बर १ मा जनकराज जोशी, वडा नम्बर २ मा हेमराज पन्त, वडा नम्बर ३ मा लक्ष्मण धामी, वडा नम्बर ४ मा बल्देव धानुक, वडा नम्बर ५ मा बिरसिंह बोहरा, वडा नम्बर ६ मा नारद प्रसाद अवस्थी, वडा नम्बर ७ मा देव सिंह ऐरी, वडा नम्बर ८ मा करन बहादुर धामी, वडा नम्बर ९ मा लोकेन्द्र बहादुर बिष्ट र वडा नम्बर १० मा धन बहादुर महरा वडा कमिटी अध्यक्ष चयन भएका छन् ।
डिलाशैनी गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा बिरेन्द्र महरा, वडा नम्बर २ मा जंग बहादुर घरडी, वडा नम्बर ३ मा गोकर्ण राना, वडा नम्बर ४ मा महेश पन्त, वडा नम्बर ५ मा कृष्णनाथ योगी, वडा नम्बर ६ मा धनसिंह माल अध्यक्षमा चयन भएका छन् । सिगास गाउँपालिकाको वडा नम्बर १ मा धनीराम भट्ट, वडा नम्बर २ मा कृष्ण सिंह धामी, वडा नम्बर ३ मा मानसिंह ढाट, वडा नम्बर ४ मा मिन बहादुर बोहरा, वडा नम्बर ५ मा सुरेन्द्र सिंह धामी, वडा नम्बर ६ मा कालु दमाई, वडा नम्बर ७ मा कुटुक साउद, वडा नम्बर ८ मा डम्बरसिंह बोहरा र वडा नम्बर ९मा जनकसिंह धामी अध्यक्षता चयन भएका छन् ।
शिवनाथ गाउँपालिका वडा नम्बर १ मा माधव चाड, २ मा प्रकाश साउद, वडा नम्बर ३ मा देवानसिंह साउद, वडा नम्बर ४ मा सेरसिंह महरा, वडा नम्बर ५ मा हमेश पहरी र वडा नम्बर ६ मा बिक्रम धनाडी चयन भएका छन् । मेलौली नगरपालिका वडा नम्बर १ मा प्रेमराम दयाल, वडा नम्बर २ मा खगेन्द्र वड, वडा नम्बर ३ मा हिम्मत चन्द, वडा नम्बर ४ मा मोहन चन्द, वडा नम्बर ५ मा तिलक सिंह पुजारा, वडा नम्बर ८ मा बहादुर ठगुन्ना र वडा नम्बर ९ मा असोक बहादुर चन्द चयन भएका छन् ।
पञ्चेश्वर गाउँपालिकाको वडा नम्बर १ मा कृष्ण घटाल, वडा नम्बर २ मा देव बहादुर चन्द, वडा नम्बर ३ मा बलबिर जोशी, वडा नम्बर ४ मा प्रकास चन्द र वडा नम्बर ६ मा लक्षिसिंह भण्डारी चयन भएका छन् । दोगडाकेदार गाउँपालिकाको वडा नम्बर १ मा उत्तम जोशी, वडा नम्बर २ मा उमापति भट्ट, वडा नम्बर ३ मा करनराम भूल, वडा नम्बर ४ मा तर्कराज भट्ट, वडा नम्बर ५ मा मोहनसिंह कार्की, वडा नम्बर ७ मा नैनसिंह गोयला र वडा नम्बर ८ मा डम्बर बिष्टको अध्यक्षतामा वडा कमिटी चयन भएको पार्टीका गाउँपालिका कमिटी अध्यक्ष काशिसिंह बिष्टले बताउनुभयो ।
पाटन नगरपालिका वडा नम्बर १ मा गणेशदत्त भट्टराई, वडा नम्बर २ मा महेश प्रसाद पन्त, वडा नम्बर ३ मा प्रेमसिंह बिष्ट, वडा नम्बर ५ मा भरतसिंह ठगुन्ना, वडा नम्बर ७ मा कर्ण पेला, वडा नम्बर ८ मा हरिदत्त भट्ट, वडा नम्बर ९ मा इन्द्रसिंह बोहरा र वडा नम्बर १० मा मन्धिरसिंह साउद चयन भएका छन् । सुर्नया गाउँपालिकाको वडा नम्बर १ मा उद्धबहादुर चन्द, वडा नम्बर २ मा बिष्णु बहादुर बिष्ट, वडा नम्बर ४ मा बिरेन्द्रसिंह महरा, वडा नम्बर ५ मा धौलसिंह मडै, वडा नम्बर ६ मा मदन कुवर, वडा नम्बर ७ मा हर्क बहादुर कुवर र वडा नम्बर ८ मा धनी साउदको अध्यक्षतामा वडा कमिटी चयन भएको छ ।
शुक्रबार गठन भएका अधिकांश वडाहरुमा भातृ संगठनहरु को समेत वडा कमिटि गठन गरिएको छ । अधिवेशन हुन नसकेका वडाहरुमा दशरथचन्द नगरपालिका वडा नम्बर ६ पाटन नगरपालिका वडा नम्बर ४ र ६ मेलौली नगरपालिका वडा नम्बर ६ र ७ तथा सुर्नया गाउँपालिका वडा नम्बर ३ मा आइतबारसम्म अधिवेसन गरिसक्ने एमाले बैतडीले जनाएको छ ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया