चक्कु प्रहार गरी युवकको हत्या, एकजना पक्राउ

दार्चुला । कैलालीमा चक्कु प्रहारबाट एक युवकको हत्या भएको छ। जिल्लाको टीकापुर नगरपालिका वडा नम्बर ८ का १८ वर्षीय अनुप साउदको हत्या भएको हो।

अनुपको चक्कु प्रहारबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। चक्कु प्रहारबाट गम्भीर घाइते भएका अनुपको टीकापुर अस्पतालमा उपचारका क्रममा हिजो राति नै मृत्यु भएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले बताउनुभयो ।

भजनी नगरपालिका ३ का १९ वर्षीय किरन साउदमाथी चक्कु प्रहार गरेको आरोप लागेको छ। उनी टीकापुर आफन्तको घर गएका थिए। उनलाई इलाका प्रहरी कार्यालय टीकापुरले नियन्त्रणमा लिएको प्रवक्ता विष्टले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?