पन्ज्युनयाँ क्रिकेटः फाइनल प्रवेशका लागि आयोजक र चौसेरा भिड्दै

विनोद सिंह विष्ट, बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका ६ मा जारी दोस्रो संस्करणको पन्ज्युनयाँ टि–२० क्रिकेट कप प्रतियोगिता अन्र्तगत पहिलो सेमिफाइनल खेल आज हुदैंछ । पहिलो खेलमा आयोजक सुशितम युवा क्लब र गोकुलेश्वर स्टार क्लब,चौसेरा भिड्दै छन् । उक्त सेमिफाइनल खेल पन्ज्युनयाँ खेल मैदानमा बिहान ११ बजेपछि हुने आयोजक सुशितम युवा क्लबका उपाध्यक्ष हेमन्तसिंह कार्की जानकारी दिनुभयो ।

सुशितम कैलपाल क्रिकेट क्लबलाई ७ विकेटले हराउदैं समूह ए को विजेता बन्दै सेमिफाइनल पुगेको हो । यस्तै चौसेरा बस्कोट सुपर किंग्सलाई १५ रनले पाखा लगाउँदै अन्तिम चारमा सुरक्षित भएको हो । अर्को सेमिफाइनल खेल भोलि जागृती युवा क्लब, सर्मोली र कैलपाल क्रिकेट क्लबबीच हुनेछ । सर्मोलीले न्वालीलाई ३४ रनले पाखा लगाउँदै समूह बी को विजेता बन्दै अन्तिम चारमा पुगेको हो भने कैलपालले चम्तडी स्टारलाई ५२ रनले स्तब्ध पार्दै सेमिफाइनलमा पुगेको हो । उपाधि भिडन्त भने मंगलबार पर्सी हुने जनाइएको छ ।

सुशितम युवा क्लब पन्ज्युनयाँको आयोजनामा कात्तिक ७ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा बैतडी र दार्चुलाका गरि १२ टोली सहभागी रहेको थियो । प्रतियोगिताको विजेताले ७७ हजार ७ सय ७७ र उपविजेताले ३३ हजार ३ सय ३३ रुपैंया पुरस्कार पाउने सुशितम युवा क्लबका अध्यक्ष बीरसिंह कार्कीले बताए । यस्तै म्यान अफ द सिरिजलाई ५ हजार ५ सय ५५, बेस्ट बलर र बेस्ट ब्यास्टम्यानलाई समान ३ हजार ३ सय ३३ रुपैैंया पाउनेछन् ।

यसअघि पहिलो संस्करणको पन्ज्युनयाँ टि–२० क्रिकेट कपको उपाधि विरेन्द्र नाथको कप्तानीमा रहेको दोगडास्टार क्लब, दोगडाकेदार बैतडीले हात परेको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?