बैतडीका ८३ वडामा एमालेको सर्वसम्मत नेतृत्व चयन

दार्चुला । नेपाल कम्युनिष्ट पार्टी एमालेको दशौँ महाधिवेशनअन्तर्गत बैतडीका ८३ वडामा अधिवेशन सम्पन्न भएको छ। गत सोमबारबाट सुरु भएको अधिवेशनमा हालसम्म ८३ वडामा अधिवेशन सम्पन्न भएको हो।

अधिवेशन सम्पन्न सबै वडामा सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन भएको नेकपा एमाले बैतडीका सचिव तथा प्रदेशसभा सदस्य लीलाधर भट्टले जानकारी दिनुभयो । छ गाउँपालिका र चार नगरपालिका गरी १० स्थानीय तह रहेको बैतडीमा ८४ वडा रहेका छन्। जिल्लाको सुर्नया गाउँपालिकाको ३ नम्बर वडामा मात्रै अधिवेशन हुन बाँकी छ। बाँकी रहेका वडामा समेत आज अधिवेसन सम्पन्न हुने उहाँले बताउनुभयो ।

बैतडीका स्थानीय तहको अधिवेशन भने कात्तिक १५ गते हुने भएको छ। दार्चुलामा समेत सबैजसो वडामा अधिवेसन सम्पन्न भइसकेको छ । महाकाली, दुहुँ, व्यास, नौगाड र मार्मा गरी ५ स्थानीय तहमा पालिका अधिवेसन समेत सम्पन्न भइसकेको नेकपा एमाले दार्चुलाले जनाएको छ ।

अधिबेशन भएका सबै वडाहरुमा सर्वसम्मतिबाट वडा कमिटिहरु चयन भएका छन् । दशरथचन्द नगरपालिका वडा नम्बर १ मा बिष्णुदत्त भट्ट, वडा नम्बर २ मा खडकसिंह बोहरा, वडा नम्बर ३ मा राजेन्द्र नाथ, वडा नम्बर ४ मा प्रेम बोकटी, वडा नम्बर ५मा नमराज भट्ट, वडा नम्बर ७ मा हरिसिंह बडु, वडा नम्बर ८ मा किसन गुरु, वडा नम्बर ९ मा भवानी दत्त जोशी, वडा नम्बर १० मा गोबिन्द सिंह बुडाल र वडा नम्बर ११ मा करन चन्द चयन भएको एमाले बैतडी जिल्ला सचिव तथा प्रदेश सभा सदस्य लिलाधर भट्टले जानकारी दिनुभयो ।

पुर्चौडी नगरपालिकाको वडा नम्बर १ मा जनकराज जोशी, वडा नम्बर २ मा हेमराज पन्त, वडा नम्बर ३ मा लक्ष्मण धामी, वडा नम्बर ४ मा बल्देव धानुक, वडा नम्बर ५ मा बिरसिंह बोहरा, वडा नम्बर ६ मा नारद प्रसाद अवस्थी, वडा नम्बर ७ मा देव सिंह ऐरी, वडा नम्बर ८ मा करन बहादुर धामी, वडा नम्बर ९ मा लोकेन्द्र बहादुर बिष्ट र वडा नम्बर १० मा धन बहादुर महरा वडा कमिटी अध्यक्ष चयन भएका छन् ।

डिलाशैनी गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा बिरेन्द्र महरा, वडा नम्बर २ मा जंग बहादुर घरडी, वडा नम्बर ३ मा गोकर्ण राना, वडा नम्बर ४ मा महेश पन्त, वडा नम्बर ५ मा कृष्णनाथ योगी, वडा नम्बर ६ मा धनसिंह माल अध्यक्षमा चयन भएका छन् । सिगास गाउँपालिकाको वडा नम्बर १ मा धनीराम भट्ट, वडा नम्बर २ मा कृष्ण सिंह धामी, वडा नम्बर ३ मा मानसिंह ढाट, वडा नम्बर ४ मा मिन बहादुर बोहरा, वडा नम्बर ५ मा सुरेन्द्र सिंह धामी, वडा नम्बर ६ मा कालु दमाई, वडा नम्बर ७ मा कुटुक साउद, वडा नम्बर ८ मा डम्बरसिंह बोहरा र वडा नम्बर ९मा जनकसिंह धामी अध्यक्षता चयन भएका छन् ।

शिवनाथ गाउँपालिका वडा नम्बर १ मा माधव चाड, २ मा प्रकाश साउद, वडा नम्बर ३ मा देवानसिंह साउद, वडा नम्बर ४ मा सेरसिंह महरा, वडा नम्बर ५ मा हमेश पहरी र वडा नम्बर ६ मा बिक्रम धनाडी चयन भएका छन् । मेलौली नगरपालिका वडा नम्बर १ मा प्रेमराम दयाल, वडा नम्बर २ मा खगेन्द्र वड, वडा नम्बर ३ मा हिम्मत चन्द, वडा नम्बर ४ मा मोहन चन्द, वडा नम्बर ५ मा तिलक सिंह पुजारा, वडा नम्बर ८ मा बहादुर ठगुन्ना र वडा नम्बर ९ मा असोक बहादुर चन्द चयन भएका छन् ।

पञ्चेश्वर गाउँपालिकाको वडा नम्बर १ मा कृष्ण घटाल, वडा नम्बर २ मा देव बहादुर चन्द, वडा नम्बर ३ मा बलबिर जोशी, वडा नम्बर ४ मा प्रकास चन्द र वडा नम्बर ६ मा लक्षिसिंह भण्डारी चयन भएका छन् । दोगडाकेदार गाउँपालिकाको वडा नम्बर १ मा उत्तम जोशी, वडा नम्बर २ मा उमापति भट्ट, वडा नम्बर ३ मा करनराम भूल, वडा नम्बर ४ मा तर्कराज भट्ट, वडा नम्बर ५ मा मोहनसिंह कार्की, वडा नम्बर ७ मा नैनसिंह गोयला र वडा नम्बर ८ मा डम्बर बिष्टको अध्यक्षतामा वडा कमिटी चयन भएको पार्टीका गाउँपालिका कमिटी अध्यक्ष काशिसिंह बिष्टले बताउनुभयो ।

पाटन नगरपालिका वडा नम्बर १ मा गणेशदत्त भट्टराई, वडा नम्बर २ मा महेश प्रसाद पन्त, वडा नम्बर ३ मा प्रेमसिंह बिष्ट, वडा नम्बर ५ मा भरतसिंह ठगुन्ना, वडा नम्बर ७ मा कर्ण पेला, वडा नम्बर ८ मा हरिदत्त भट्ट, वडा नम्बर ९ मा इन्द्रसिंह बोहरा र वडा नम्बर १० मा मन्धिरसिंह साउद चयन भएका छन् । सुर्नया गाउँपालिकाको वडा नम्बर १ मा उद्धबहादुर चन्द, वडा नम्बर २ मा बिष्णु बहादुर बिष्ट, वडा नम्बर ४ मा बिरेन्द्रसिंह महरा, वडा नम्बर ५ मा धौलसिंह मडै, वडा नम्बर ६ मा मदन कुवर, वडा नम्बर ७ मा हर्क बहादुर कुवर र वडा नम्बर ८ मा धनी साउदको अध्यक्षतामा वडा कमिटी चयन भएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?