चार वर्षीया बालिका बलात्कृत, एक जना पक्राउ

दार्चुला । कञ्चनपुरमा ४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा भिमदत्त नगरपालिका १६ परखेडी बस्ने ५० वर्षीय करन सिंह पक्राउ परेका छन्। सिंहलाई प्रहरी शनिबार राति उनकै घरबाट पक्राउ गरेको हो।

सिंहले मादक पदार्थ सेवन गरी ती बालिकालाई आफ्नै घरमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र अस्थाई प्रहरी बिट मझगाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?