पन्ज्युनयाँ क्रिकेटः सर्मोली पराजित, कैलपाल फाइनलमा

विनोद सिंह विष्ट, बैतडी । कैलपाल क्रिकेट क्लब, दोस्रो संस्करणको पन्ज्युनयाँ टि–२० क्रिकेट कप प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनल खेलमा कैलपालले जागृती युवा क्लब, सर्मोलीलाई ४ विकेटले स्तब्ध पारेको हो । सर्मोलीले दिएको ९६ रनको सामान्य लक्ष्य कैलपालले १४ ओभरमा ६ विकेटको क्षतिमा पुरा गर्यो । जसमा प्रदीप चन्द र राजु भाटले १८÷१८ र महेश चन्दले १३ रनको योगदान गरे । सर्मोलीका तिलक कार्कीले २ विकेट लिए । त्यसअघि पन्ज्युनयाँ खेल मैदानमा टस हारेर ब्याटिङको निम्ता पाएको सर्मोलीले १७ दशमलव ४ ओभरमा अलआउट हुदै ९५ रन मात्रै बनाउन सक्यो । उसका लागि लोकेन्द्र कार्कीले ३४ र तिलक कार्कीले २६ रन जोडे ।

कैलपालका लागि ३ विकेट हात पारेका महेश चन्द म्यान अफ द म्याच भएका आयोजक सुशितम युवा क्लबका उपाध्यक्ष हेमन्तसिंह कार्कीले जानकारी दिए । पराजित भएसंगै सर्मोली सेमिफाइनलबाटै घर फर्किएको छ । फाइनलको यात्रा तय गरेको कैलपालले उपाधिका लागि भोलि आयोजक शुसितम युवा क्लबसंग खेल्नेछ । उपाधि भिडन्त बिहान १० बजेपछि हुने जनाइएको छ । सुशितम युवा क्लब पन्ज्युनयाँको आयोजनामा कात्तिक ७ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा बैतडी र दार्चुलाका गरि १२ टोली सहभागी रहेका थिए ।

प्रतियोगिताको विजेताले ७७ हजार ७ सय ७७ र उपविजेताले ३३ हजार ३ सय ३३ रुपैंया पुरस्कार पाउने सुशितम युवा क्लबका अध्यक्ष वीरसिंह कार्कीले बताउनुभयो । यस्तै म्यान अफ द सिरिजलाई ५ हजार ५ सय ५५, बेस्ट बलर र बेस्ट ब्यास्टम्यानलाई समान ३ हजार ३ सय ३३ रुपैैंया पाउनेछन् । यसअघि पहिलो संस्करणको पन्ज्युनयाँ टि–२० क्रिकेट कपको उपाधि विरेन्द्र नाथको कप्तानीमा रहेको दोगडास्टार क्लब, दोगडाकेदार बैतडीले हात परेको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?