बैतडीका १० वटै स्थानीय तहमा एमालेको सर्वसम्मत नेतृत्व चयन

दार्चुला । नेकपा एमालेले बैतडीका १० वटै स्थानीय तहमा सोमबार अधिवेशन सम्पन्न भएको जनाएको छ । जिल्लाका १० वटै स्थानीय तहमा सम्पन्न भएको अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरेको एमाले जिल्ला सचिव लिलाधर भट्टले जानकारी दिनुभयो ।

बैतडीको पाटन नगरपालिकामा ललितसिंह ठगुन्नाको अध्यक्षतामा ७५ सदस्यीय नगरकमिटि र डम्मर पन्तको संयोजकत्वमा नगर सल्लाहकार समिति गठन भएको छ । यस्तै मेलौलीमा राजबहादुर चन्दको अध्यक्षतमा सर्वसम्मत नगरकमिटि चयन भएको छ । दोगडाकेदार गाउँपालिकामा काशीसिंह बिष्टको अध्यक्षतामा गाउँपालिका कमिटि चयन गरिएको छ भने दशरथचन्द नगरपालिकामा अजबहादुर पाण्डेको अध्यक्षतामा नगरकमिटि सर्वसम्मत चयन गरिएको छ ।

यस्तै डिलाशैनी गाउँपालिकामा रघुबीर बोहराको अध्यक्षतामा गाउँपालिका कमिटि चयन गरिएको छ । यस्तै पञ्चेश्वर गाउँपालिकामा प्रकाश चन्द, शिवनाथ गाउँपालिकामा महेन्द्र चन्द र सुर्नया गाउँपालिकामा राजेन्द्र भट्टको अध्यक्षतमा गाउँपालिका कमिटि गठन गरिएको सचिव भट्टले जानकारी दिनुभयो ।

सिगास गाउँपालिकामा गोपाल धामी र पुर्चौंडी नगरपालिकामा कर्णबहादुर धामी (किशोर) को अध्यक्षतामा कमिटि गठन गरिएको छ । दशवटै स्थानीय तहमा सबै पदहरुमा सर्वसम्मत पदाधिकारी चयन गरिएको एमाले बैतडीले जनाएको छ ।

गत स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका एकजना वडा सदस्य एमालेमा प्रवेश गरेका छन् । पाटन नगरपालिका वडा नं १ का वडा सदस्य शेरसिंह बोहरा एमालेमा प्रवेश गरेका हुन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?