महरा हत्या प्रकरणः आरोपित ४ जना कारागार चलान

दार्चुला । बैतडीको सुर्नया गाउँपालिका–४ लेकडाँडाका कमले महराको हत्या आरोपमा पक्राउ परेका चारै जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। सुर्नया गाउँपालिका ५ का रामबहादुर मडै, सुर्नया गाउँपालिका ४ का शंकरसिंह महरा, रामबहादुर महरा र हरिसिंह महरालाई कारगार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिनुभयो ।

सुर्नया गाउँपालिका ४ लेकडाँडाका महरा गत असोज ६ गते राति मृत फेला परेका थिए। महराको हत्या गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको र अनुसन्धान सकिएपछि सरकारी वकिल कार्यालय मार्फत अदालत पेश गरेको प्रवक्ता ओझाले जानकारी दिनुभयो ।

हत्या आरोपितमाथि प्रहरीले आफ्नो अनुसन्धान सकाएको छ भन, अदालतबाट अन्तिम फैसला हुन भने बाँकी रहेको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?