दार्चुला । बैतडीमा १६ वर्षीया किशोरी बेपत्ता भएकी छन्। बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर २ पलेटा घर भएकी १६ बर्षीया उपासना चन्द अछामबाट बेपत्ता भएकी हुन्आ ।
फ्नै दाजु मोहनबहादुर चन्दको अछाम टाटिखानस्थित सिलाई पसलमा सिलाई सिक्दै आएकी चन्द यही कार्तिक ११ गते बेलुका ४ बजेबाट बेपत्ता रहेकी किशोरीका बुवा लोकबहादुर चन्दले बताउनुभयो ।
बेपत्ता किशोरीको खोजीका लागि प्रहरीमा समेत निवेदन दिइएको छ । किशोरीलाई फेला पार्ने व्यक्तीले नजिकको प्रहरी कार्यालय वा फोन नम्बर ९८१२७८५६०० मा सम्पर्क गर्न परिवारले आग्रह गरेको छ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया