दोगडाकेदारमा रामलिला ज्ञान महोत्सव शुरु

दार्चुला । बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ३ श्रीकोटमा रामलिला ज्ञान महोत्सव सुरु भएको छ । श्रीकोट बहुमुखी क्याम्पसको प्रांगणमा सुरु भएको महोत्सव कात्तिक ३० गतेसम्म सञ्चालन हुने आयोजक समितिले जनाएको छ ।

बिहीबार रामलिला महोत्सवको पूजा गरि सुभारम्भ गरिएको र शुक्रबार (आज) देखि सञ्चालन हुने क्याम्पस प्रमुख तथा आयोजक दोगडाकेदार रामलिला ज्ञान महोत्सवका संयोजक दान सिह कार्कीले बताउनुभयो । श्रीकोट बहुमुखी क्याम्पसको सर्वाङगीण विकास तथा खेलमैदान निर्माणको लागि महोत्सवको आयोजना गरिएको संयोजक कार्कीले बताउनुभयो ।

रामायणको सार प्रत्यक्ष रुपमा दर्शकहरुलाई देखाएर समाजका विकृति विसंगती हटाउदै आदर्शको बाटोमा डो¥याउन समेत महोत्सवले सहयोग पु¥याउने जनाइएको छ । समितिले गएको ३ वर्षदेखि हरेक वर्ष रामलिला मेला ज्ञान महोत्सवको आयोजना गर्दै आएको छ ।

No description available.

No description available.

No description available.

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?