भिरबाट लडेर १३ बर्षीया किशोरीको मृत्यु

दार्चुला । बझाङमा भिरबाट लडेर एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको दुर्गाथली गाउँपालिका वडा नम्बर ३ रकैलका प्रेम बहादुर धामीकी १३ बर्षीया छोरी शशिकला धामी रहेकी छन् ।

उनको आज दिउँसो साढे १२ बजे घर नजिकै घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको मृतकका आफन्तले जानकारी दिएका छन् । आफन्तका अनुसार धामी घाँस काट्ने ठाउँबाट करिब ३०० मिटर तल खसेको र घटना स्थलमै मृत्यु भएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?