प्रसिद्ध त्रिपुरासुन्दरी मन्दिरमा जात्रा शुरु

दार्चुला । बैतडीको प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिरमा जात्रा शुरु भएको छ । हरेक बर्ष कार्तिक शुक्ल सप्तमीका दिन सो मन्दिरमा जात्रा शुरु भएर कार्तिक शुक्ल अष्टमीका दिन समापन हुने गर्दछ । रांगाको बलिसहित त्रिपुरासुन्दरी भगवती मन्दिरमा जात्रा हुने गरेको स्थानीय आनन्दमणी भट्टले बताउनुभयो । यो जात्रामा हजारौं दर्शनार्थीहरुको घुइँचो लाग्ने गर्दछ ।’

त्रिपुरासुन्दरी भगवती मन्दिरको जात्रामा सीमावर्ती भारतीय दर्शनार्थी समेत आउने गरेको भट्टले बताउनुभयो। विभिन्न भाकल सहित भारतीय दर्शनार्थी आउने गरेको उहाँले बताउनुभयो । यस्तै जिल्लाका प्रसिद्ध धामहरु आज जात्रा सम्पन्न भएका छन् । शिवनाथ गाउँपालिकास्थित शिवनाथ धाममा यो बर्षको जात्रा समापन भएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले बताउनुभयो । सो मेला दर्शनार्थीहरुले भकुण्डो खेल्दै भैलो समेत गाउने गरेका छन् । शिवनाथ मन्दिरमा हरेक बर्षको कार्तिक शुक्ल अष्टमीका दिन जात्रा लाग्ने गर्दछ ।

यस्तै जिल्लाको प्रसिद्ध रौलाकेदार धाममा पनि आजै जात्रा सम्पन्न भएको छ । बिहीबारदेखि शुरु भएको जात्रा आज बिशेष पूजाआजा पछि समापन भएको मन्दिरका पूजारी विष्णुदत्त भट्टले बताए । बाह्रज्योतिलिंग मध्येको केदारनाथ ज्योतिर्लिंगको नामले समेत परिचित रौलाकेदार धाममा हरेक बर्ष कार्तिक शुक्ल अष्टमीका दिन जात्रा लाग्ने गर्दछ ।

सम्बन्धित समाचार: आज हुनैनाथ र भोलि जयपुर मन्दिरमा रात्री जात्रा (भिडियो)

सम्बन्धित समाचार: दार्चुलामा जात्राको रौनक, जयपुरमा कात्तिक २७ र मालिकार्जुनमा मंसिर १ गते, जुवातास र मदिरा निषेध

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?