ट्र्याक्टर र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु

दार्चुला । कैलालीमा शनिबार राति ट्र्याक्टर र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको कैलारी गाउँपालिका वडा नम्बर ८ स्थित भित्रि सडकखण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको बे ११ प ७३२४ नम्बरको मोटरसाइकल र सोही दिशातर्फ गइरहेको से १ त ८९२० नम्बरको ट्र्याक्टर आपसमा ठोक्किएको प्रहरीले बताएको छ।

दुर्घटनामा सोही ठाउँका मोटरसाइकल चालक २२ वर्षीय विशाल कठरियाको घटनास्थलमै मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। ट्र्याक्टर चालक कैलारीको वडा नम्बर २ का ४६ वर्षीय कृष्ण चौधरीलाई इलाका प्रहरी कार्यालय चौमाला र ट्र्याक्टर र मोटरसाइकल इलाका प्रहरी कार्यालय मसुरियाले नियन्त्रणमा लिएको बताइएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?