दार्चुला । इक्वेडरको एउटा जेलमा कैदीहरुबीच झडप हुँदा कम्तीमा ६८ जनाको ज्यान गएको छ । गाकुइल सहरमा रहेको जेलमा झडप भएको हो । झडपपछि स्थितिलाई नियन्त्रणमा लिन सयौँको सङ्ख्यामा सेना परिचालन गरिएको छ ।
झडपपछि जेलभित्र प्रवेश गरेको प्रहरीले विस्फोटक पदार्थ र बन्दुक फेला पारेको बीबीसीले जनाएको छ । यो वर्षभित्र नै इक्वेडरका जेलमा भएको झडपमा दुई सयभन्दा धेरैको ज्यान गइसकेको छ । यो जेलमा गएको असोजमा पनि झडप भएको थियो । त्यसबेला सय जनाभन्दा धेरैको ज्यान गएको थियो।
यसअघि गएको फेब्रुअरीमा पनि तीन वटा जेलमा झडप भएको थियो । ती घटनामा कम्तीमा ७९ जनाको ज्यान गएको थियो । मेक्सिकोका माफिया समूह र तस्करको प्रभाव बढेकाले इक्वेडरका जेलमा बारम्बार झडपका घटना हुँदै आएको त्यहाँका सुरक्षा अधिकारले बताएका छन्।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया