दार्चुला । प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश कमिटीले पूर्णता पाएको छ । यस अघि संयोजन र सह संयोजन मात्रै रहेको कमिटीले अहिले पूर्णता पाएको हो । बाजुराबाट अध्यक्षमा कृष्ण ओली चयन हुनुभएको छ । यसअघि उहाँलाई संयोजकको जिम्मेवारी थियो । यस्तै उपाध्यक्षमा लीली कुँवर र हरिश चन्द चयन हुनुभएको छ ।
महासचिवमा कैलालीबाट शिवराज भट्ट, सचिवमा दार्चुलाबाट नरेन्द्र कार्की र सचिवमा कृष्ण बुढा तथा कोषाध्यक्ष बैतडीबाट लोकेश साउँद चयन भएको अध्यक्ष ओलीले बताउनुभयो ।
२२ गते डडेल्धुरामा प्रदेश भेला सम्पन्न भएको थियो । १२ बुँदे घोषण पत्र जारी गर्दै भेला सम्पन्न भए पनि पदाधिकारीको टुंगो आइतबार लागेको हो । ९९ सदस्यीय प्रदेश कमिटी रहने उहाँले बताउनुभयो ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया